Frequently Asked Questions

 १. पहिलोचोटी सिस्टमबाट आवेदन दिन खोज्‍नु भएको छ र समस्या आएको छ भने के गर्ने ?

  • पहिलोचोटी सिस्टमबाट आवेदन दिनखोज्नु भएको छ र समस्या आएको छ भने प्रयोगकर्ता पुस्तिका (User Manual) पढ्नुहोस् ।
  • प्रदेश लोकसेवा आयोगको वेबसाईट (https://ppsc.lumbini.gov.np) मा गई अनलाईन दरखास्त प्रणालीमा क्लिक गरेपछि देखिने प्रयोगकर्ता पुस्तिका (User manual)  मा क्लिक गर्नुहोस् या यस लिंकमा क्लिक गर्नुहोस्।

 

२. यदि तपाईको दर्ता (Register) गरेपछि इमेलमा पासवोर्ड नआएमा के गर्ने ? 

  • दर्ता (Register) गरेपछि इमेलमा पासवोर्ड नआएमा लग-इनमा इमेल पाउनु भएन ? (Did not receive mail ?) भन्ने लिन्क (link) मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो प्रयोगकर्ता नाम इमेल र मोबाइल नम्बर हालेर बुझाउनुहोस् र आफ्नो लागि नयाँ पासवोर्ड आफैँ सिर्जना गर्नुहोस्।