
परिचय
प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेश
मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्वन गर्दै नेपालको संविधान संम्वत २०७२ मा जारी भएपछि संविधानको भाग २३ धारा २४४ बमोजिम प्रदेशहरुमा प्रदेश लोक सेवा आयोगहरु रहने संवैधानिक व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा २४४ अनुसार, प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने छ । प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने छ । संघीय संसदले कानून बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ ।
आयोगको गठनः
प्रस्तुत संवैधानिक प्रावधान बमोजिम संघीय संसदबाट प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ बनिसकेपछि लुम्बिनी प्रदेशले प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न वनेको ऐन २०७६ को प्रावधान अनुसार प्रदेश लोक सेवा आयोगको... थप हेर्नुहोस