Frequently Asked Questions
१. पहिलोचोटी सिस्टमबाट आवेदन दिन खोज्नु भएको छ र समस्या आएको छ भने के गर्ने ?
- पहिलोचोटी सिस्टमबाट आवेदन दिनखोज्नु भएको छ र समस्या आएको छ भने प्रयोगकर्ता पुस्तिका (User Manual) पढ्नुहोस् ।
- प्रदेश लोकसेवा आयोगको वेबसाईट (https://ppsc.lumbini.gov.np) मा गई Online Application Form मा क्लिक गरेपछि अनलाईन दरखास्त सङ्कलन प्रणाली खुल्छ । पहिलो पटक फारम भर्दै हुनुहुन्छ भने Register मा क्लिक गर्नुहोस् अन्यथा तपाईंको User name अथवा इमेल ID राखी Password राख्नुहोस् । फाराम भर्न समस्या आएमा त्यहाँ देखिने प्रयोगकर्ता पुस्तिका (User manual) मा क्लिक गर्नुहोस् या यस लिंकमा क्लिक गर्नुहोस्।
२. यदि तपाईको दर्ता (Register) गरेपछि इमेलमा पासवोर्ड नआएमा के गर्ने ?
- दर्ता (Register) गरेपछि इमेलमा पासवोर्ड नआएमा लग-इनमा इमेल पाउनु भएन ? (Did not receive mail ?) भन्ने लिन्क (link) मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो प्रयोगकर्ता नाम इमेल र मोबाइल नम्बर हालेर बुझाउनुहोस् र आफ्नो लागि नयाँ पासवोर्ड आफैँ सिर्जना गर्नुहोस्।